१० भदौ, काठमाडौं । कोरोना महामारीका कारण अन्य क्षेत्रहरु निकै समस्यामा पर्दा पनि बिमा कम्पनीहरुको व्यवसायमा भने धेरै ठूलो असर परेको छैन । मुलुकमा सञ्चालित जीवन बिमा कम्पनीहरुको मुनाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष सुधार भएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका १९ जीबन बिमा कम्पनीहरुले १२ प्रतिशतले खुद मुनाफा बढाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ४० करोड १२ लाख रुपैयाा कमाएका यी कम्पनीहरुले गत आर्थिक वर्ष ३ अर्ब ८१ करोड १५ लाख रुपैयाा खुद नाफा आर्जन गरेका हुन् ।
सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने पहिलो नम्बरमा नेपाल लाइफ इन्स्यारेन्स कम्पनी देखिएको छ भने सबैभन्दा कम मुनाफा आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बिमा संस्थान देखिएको छ । सबैभन्दा पछि बिमा व्यवसाय सुरु गरेको देशकै कान्छो बिमा कम्पनी महालक्ष्मी लाइफले पुरानो र सरकारी लगानी समेत रहेको राष्ट्रिय बिमा संस्थानलाई मुनाफामा पछि पारेको छ ।
पहिलो नम्बरमा देखिएको नेपाल लाइफले ५३ करोड ५९ लाख रुपैयाा मुनाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १.०६ प्रतिशतमात्रै बढी हो । अघिल्लो वर्ष यो कम्पनीले ५३ करोड ३ लाख रुपैयाा खुद नाफा कमाएको थियो ।
मुनाफामा पुछारमा देखिएको संस्थानले मुनाफा घटाएर ५ करोड ६२ लाख रुपैयाामात्रै कमाएको छ । अघिल्लो वर्षको तुलनामा यो ४ दशमलव ७५ प्रतिशतले कमी हो । अघिल्लो वर्ष यस कम्पनीले ५ करोड ९० लाख रुपैयाा खुद नाफा कमाएको थियो । लामो समयदेखि लेखा परीक्षण तथा साधारण सभा समेत गराउन नसकेको यो बद्नाम कम्पनी समेत हो । यो कम्पनीको विषयमा महालेखाले हरेक वर्ष प्रश्न उठाउादै आएको छ ।
चार कम्पनीको मुनाफामा गिरावट
कोरोना महामारीको असरकाबीच औसतमा जीवन बिमा कम्पनीले १२ प्रतिशत बढीले मुनाफा बढाए पनि चार वटा कम्पनीको भने मुनाफामा गिरावट आएको छ । सबैभन्दा धेरै युनियन लाइफ इन्स्यारेन्सको मुनाफा २१ दशमलव ५१ प्रतिशतले घटेको छ ।
धेरै घट्नेमा मेट लाइफ इन्स्यारेन्स दोस्रो नम्बरमा देखिएको छ । यस कम्पनीको १७ दशमलव ८४ प्रतिशतले खुद नाफा घटेको छ । उता सन नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा पनि ७ दशमलव १८ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको ४ दशमलव ७८५ प्रतिशतले खुद नाफामा गिरावट आएको छ ।
कुन कम्पनीले कति कमाए ?
source https://www.onlinekhabar.com/2021/08/1004298
0 comments:
Post a Comment