१० भदौ, सुर्खेत । नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन-२०२१ सुर्खेतको वीरेन्ऽनगरमा हुने भएको छ । नेपाल जेसीजको आयोजना र वीरेन्द्रनगर जेसीजको आतिथ्यमा यही भदौ ११ र १२ गते सम्मेलन हुन लागेको आयोजकले जनाएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मेलन निर्देशक नन्दबहादुर बिसीले जानकारी दिए । सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्ऽबहादुर शाहीले गर्ने बताइएको छ ।
निर्देशक बिसीका अनुसार सम्मेलन भौतिक उपस्थिति र भर्चूअल दुवै माध्यमबाट हुने छ । भौतिक रूपमा सीमित व्यक्तिहरूलाई मात्रै उपस्थित गराइने र जनस्वास्थ्यका मापदडलाई पूर्णरूपमा पालना गर्दै कार्यक्रम गर्ने तयारी गरिएको निर्देशक बिसीले जानकारी दिए ।
भौतिक रूपमा उपस्थित नहुनेका लागि भर्चूअल माध्यमबाट सहभागिताको व्यवस्था मिलाइएको हो । उक्त सम्मेलनमा शाखाहरूबाट अध्यक्ष र भर्चूअल रूपमा क्षेत्र ‘घ’ का ६०० बढी युवाहरू सहभागी गराइने वीरेन्द्रनगर जेसीज वर्या २०२१ का अध्यक्ष कमल लामिछानेले बताए ।
नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले सम्मेलनले १८ वर्षदेखि ४० वर्षमुनिका युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताए ।
उनले यस क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रबर्द्धनमा सम्मेलनले टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल जेसीजले प्रत्येक वर्ष यस्ता खाले सम्मेलनको आयोजना गर्दै आएको छ ।
source https://www.onlinekhabar.com/2021/08/1004225
0 comments:
Post a Comment