Saturday, 12 March 2022

अमेरिकामा साहित्यकार डा. तारानाथ शर्माको सम्झना

२९ फागुन, वाशिङ्टन डिसी । अमेरिकाको भर्जिनियामा रहेका नेपालीहरूले साहित्यकार डा. तारानाथ शर्माको सम्झना गरेका छन् । फल्स चर्च शहरको थोमस जेफरसन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले उनको सम्झनामा स्मृति सभा गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि डा. गोपी उप्रेतीले तारानाथ शर्माले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरे ।

नेपाली दूतावासका प्रतिनिधि इकोनोमिक काउन्सिलर होमकान्त भण्डारीसहितको उपस्थितिमा भएको कार्यक्रमममा कवि वसन्त श्रेष्ठले डा. शर्माको परिचय प्रस्तुत गरेका थिए ।

साहित्यकारहरु सीता पाण्डे, उत्तम भौकाजी, कृष्ण भण्डारीलगायतले डा. तारानाथ शर्माको योगदानबारे चर्चा गर्दै उनको स्मरण गरेका थिए ।

अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाको अध्यक्षतामा भएको कार्यक्रममा खसखस डटकमका सञ्चालक साहित्यकार वासु श्रेष्ठले अतिथिलाई स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण कवि/गीतकार पुष्पा खनालले गरेकी थिइन् ।



source https://www.onlinekhabar.com/2022/03/1092717

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More