Sunday 20 March 2022

यसरी तनावग्रस्त बन्यो लेटाङ

गत शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेल कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राको घरमा पुगेका रहेछन् । विद्यार्थीलाई पानी मागेपछि उनले दिइछन् ।

घरमा एक्ली भएको छात्रालाई पानी दिने क्रममा शिक्षकले सुम्सुम्याउने र जबरजस्ती गर्न खोजेछन् । बालिकाले प्रतिकार गरेपछि अरु घटना भएनछ । शिक्षकको घर लेटाङ– ३ बजारमा पर्छ ।

होली शुक्रबार थियो । शनिबार विदा भइहाल्यो । आइतबार बिहान स्कुलमा शिक्षकलाई देखेपछि विद्यार्थीले आफ्ना साथीलाई होलीको दिन भएको दुव्यर्वहारको घटना सुनाइछन् । साथीसँगको सल्लाहपछि उनीहरुले हेड सरलाई शिक्षक पौडेलले गरेको दुर्व्यवहार बारेमा निवेदन दिए । विद्यार्थीको निवेदन परेपछि हेडसरले मलाई फोन गरेर बोलाउनु भयो ।

हामीले कानूनी कारवाहीका लागि प्रहरीलाई बोलाएका थियौं । तर भिडले शिक्षकलाई जोगाउन लैजान खोजेको भन्दै अवरोध गर्यो । त्यसपछि अवस्था तनावग्रस्त बन्यो

म पुगेर पीडित विद्यार्थीसँग कुरा गर्दा सुरुमा बोल्न मानिन् तर पछि आफूमाथि भएको घटनाका बारेमा सुनाइन् । ती शिक्षकले पहिले पनि गलत उद्देश्यले छुने गरेका रहेछन् । घटना विवरण सुनेपछि हामीलाई यो सामान्य घटना होइन, यो घटनाको अनुसन्धान प्रहरीले गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि प्रहरीलाई खबर गरियो ।

यो आज (आइतबार) दिउँसोको कुरा हो । प्रहरी स्कुलमा पुगेपछि भने विद्यार्थी र आसपासका मान्छे भेला भएर शिक्षकलाई लैजान दिएनन् । हामीले कानूनी कारवाहीका लागि प्रहरीलाई बोलाएका थियौं ।

तर भिडले शिक्षकलाई जोगाउन लैजान खोजेको भन्दै अवरोध गर्यो । त्यसपछि अवस्था तनावग्रस्त बन्यो । शिक्षकले प्रयोग गर्ने मोटरसाइकल जलाइदिए । एम्बुलेन्स पनि तोडफोड गरे ।

प्रधानाध्यापक, व्यवस्थापन समितिका सदस्य, प्रहरी, सर्वसाधारणमाथि पनि आक्रमण भयो । कहाँबाट भिड स्कुलमा आयो जानकारी भएन।

तर अवस्था तनावग्रस्त बनेपछि ज्यान जोगाउन मुस्किल पर्ला जस्तो भयो । दिनभरि शिक्षकलाई निकालेर लैजान दिएनन् । साँझ परेपछि प्रहरीले निकालेर लगेको थियो । लैजाने क्रममा प्रहरीमाथि आक्रमण भयो । एकजनाको मृत्यु नै भयाे ।

(लेटाङ नगरपालिका– ५ का वडाध्यक्ष भुमसूर्य मगरसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीमा आधारित)



source https://www.onlinekhabar.com/2022/03/1096482

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More