Friday 25 March 2022

अन्तिम खेल हारे पनि भारत च्याम्पियन

काठमाडौं । अन्तिम खेलमा बंगलादेशसँग पराजित भए पनि घरेलु टोली भारतले अन्तिम साफ यू-१८ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

डबल राउण्ड रोविनको आधारमा सञ्चालन भएको च्याम्पियनसिप अन्तर्गत जमसेदपुरमा शुक्रबार भएको खेलमा बंगलादेशले भारतलाई १-० ले हरायो ।

च्याम्पियनसिपमा पहिलो हार बेहोरेको भारतले हारका बावजुत पनि गोल अन्तरका आधारमा बंगलादेशलाई पछि पारेर उपाधि जितेको हो ।

जेआरडी कम्प्लेकसमा भएको खेलमा बंगलादेशको लागि मोस्ट अक्लिमा खातुनले ७४औं मिनेटमा निर्णायक गोल गरिन् ।

बंगलादेशको जितपछि भारत र बंगलादेशको ४ खेलबाट समान ९ अंक भएपनि भारतले धेरै गोल गोल गरेको थियो ।

भारत यसअघि ३ खेलमा कुल १३ गोल गरेको थियो । बंगलादेशले भने ७ गोल गर्दा ४ गोल बेहोरेको थियो ।

यसअघिको खेलमा भने भारतले बंगलादेशलाई १-० ले पराजित गरेको थियो ।

तीन टोली सहभागी च्याम्पियनसिपमा नेपालले भने खेलेको चारवटै खेलमा हार बेहोरेको थियो ।



source https://www.onlinekhabar.com/2022/03/1099530

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More