Friday 25 March 2022

दाङमा हातहातियार बुझाउन प्रशासन कार्यालयको आग्रह

१२ चैत, दाङ । जिल्ला प्रशासन कार्यालय दाङले वैध र अवैध हातहतियार बुझाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासनले सूचना जारी गर्दै इजाजत प्राप्त र विनाइजाजतका हातहतियार चैत्र मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

इजाजत पाएर र इजाजतबिना अवैध रुपमा राखिएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन लगाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

इजाजत प्राप्त हातहतियार भने स्थानीय तहको निर्वाचनपछि फिर्ता गरिने बताइएको छ । तोकिएको समयमा हातहतियार नबुझाएमा खानतलासी गरेर कारबाही गरिने सूचनामा उल्लेख छ ।



source https://www.onlinekhabar.com/2022/03/1099577

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More