Tuesday 22 March 2022

अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा सुरु हुँदै

९ चैत, काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १६ औं वाषिर्क साधारण सभा लुम्बिनी प्रदेशको बाँकेमा आजदेखि सुरु हुँदै छ ।

अकोराबको २२ औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा आयोजित सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन तथा साधारण सभा दुई दिनसम्म चल्ने छ ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने र त्यसबाट सामुदायिक रेडियोहरुलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए ।

साधारण सभा र राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका तीन सय ६१ सामुदायिक रेडियोका प्रतिनिधिहरु नेपालगञ्जमा भेला भएका छन् ।

सामुदायिक रेडियोहरुको हक, हित र अधिकारका लागि २०५७ चैत ९ गते अकोराब स्थापना गरिएको थियो ।



source https://www.onlinekhabar.com/2022/03/1097744

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More