७ चैत, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको मा बार्सिलोनाको शीर्ष स्थानको रियल मड्रिडमाथि शानदार जित हात पारेको छ ।
आइतबार राति बार्सिलोनाले रियललाई उसैको मैदान सान्टियागो बर्नाबेउमा ४-० ले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा पिएरे एमरिक ओबामेयाङले दुई तथा फेरान टोरेस र रोनाल्ड कराउकोले एक एक गोल गरे ।
यस जितपछि बार्सिलोनाले लिग लिडर रियलसँग अंकदूरी १२ मा झारेको छ । यस्तै दोस्रो स्थानको सेभियासँग अब ३ अंकको दूरी मात्र छ ।
बार्सिलोनाले २२ मिनेट अन्तरमा ४ गोल गरेको थियो । ओबामेयाङले २९औं र ५१औं मिनेटमा गोल गर्दा अराउकोले ३८औं र फेरानले ४८औं मिनेटमा गोल गरेका थिए ।
क्लबका पूर्वखेलाडी जाभीले रियललाई हराएपछि उपाधि जित्ने सम्भावना अझै नसकिएको जनाएका छन् ।
रियल मड्रिड २९ खेलबाट ६६ अंकसहित शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको बार्सिलोनाको ५४ अंक छ ।
source https://www.onlinekhabar.com/2022/03/1096518
0 comments:
Post a Comment