Saturday, 6 August 2022

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

२१ साउन, नयाँ दिल्ली । पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका छन् ।१६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको जानकारी दिए । पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले बताए ।

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो । बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति निर्वाचित भएकी हुन् ।

भारतका नवनिर्वाचित उपराष्ट्रपति धनखडले ११ अगस्टमा शपथ लिनेछन् । वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल १० अगस्टमा सकिनेछ ।

भारतमा उपराष्ट्रपति देशका दोस्रो सर्वोच्च संवैधानिक पद हो । भारतमा उपराष्ट्रपति राज्यसभाका सभापति पनि हुन्छन् ।



source https://www.onlinekhabar.com/2022/08/1169280

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More