Thursday, 4 August 2022

काठमाडौंमा चिनियाँ नागरिक अपहरित, ६ पक्राउ

१९ साउन, काठमाडौं । काठमाडौंमा बुधबार साँझ एकजना चिनियाँ नागरिक अपहरित भएका छन् ।

अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको अनलाइनखबरसँग पुष्टि गरे ।

उनले भने, ‘म्याद थप गर्दैछौं, त्यसपछि विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ पक्राउ पर्नेहरु चाहिँ सबै नेपाली नागरिक हुन् ।

उनीहरुसँग एक करोड रुपैयाँ फिरौटी मागिएको प्रहरीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2022/08/1168018

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More