Saturday, 27 July 2019

विश्वकप छनोट : नेपालविरुद्ध सिंगापुर व्याटिङमा

१२ साउन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर नेपालले फिल्डिङ गरिरहेको छ ।

सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा छ । आजको खेल विजेता टोली फाइनलमा पुग्छ र ग्लोबल छनोटमा पर्दछ । त्यसैले ग्लोबल छनोटका लागि नेपालले सिंगापुरलाई हराउनै पर्दछ ।

नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो । तर, त्यसपछिका खेलमा नेपालले मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज नेपाली टोलीमा कुनै पनि परिवर्तन गरिएको छैन ।



source https://www.onlinekhabar.com/2019/07/783890

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More