Saturday 27 July 2019

नेपालको उपविजेता पदक खोसियो !

१२ साउन, काठमाडौं । सिंगापुरमा नेपाली क्रिकेट टिमले दोहोरो पीडा भोग्नु परेको छ । आयोजक सिंगापुरसँग ८२ रनले हारेपछि नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन । यो नेपाली टोलीका लागि ठूलो झड्का थियो । अर्को झड्का त्यसबेला लाग्यो, जब उपविजेताको पदक खोसियो ।

आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो । सुरुमा अविनाश बोहोरा गए, त्यसपछि कप्तान पारस खड्का । अरुले पालैपालो उपविजेताको मेडल लगाए ।

त्यसपछि विजेता सिंगापुरका खेलाडीहरुलाई मेडल दिइयो । सिंगापुरका खेलाडीहरुले ट्रफी उचाले ।

जब नेपाललाई ट्रफी दिने बेला आयो, नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पनि खोसियो ।

समान ४-४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेको र नेपाल तेस्रो भएको घोषणा गरियो ।

नेपाली खेलाडीहरुको मेडल टिम म्यानेजर रमन सिवाकोटीले एकमुष्ट फिर्ता गरेका छन् ।

प्रतियोगिताको उपविजेता कतार नै हो । तर सुरुमा हतारमा नेपाललाई उपविजेता घोषणा गर्दै खेलाडीलाई मेडल लगाउनु आयोजकको गल्ती थियो ।

आयोजकले गल्ती विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेको पीडामा रहेका नेपाली खेलाडीहरुलाई आलो घाउमा नुनचुक छरे जस्तै सावित भयो ।



source https://www.onlinekhabar.com/2019/07/783924

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More