Sunday 28 July 2019

रिडिङमाथि चेल्सीको जित

१३ साउन, काठमाडौं । चेल्सीले प्रि–सिजनको तयारीमा रिडिङसँग भएको मैत्रीपूर्ण फुटबल खेलमा जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले रिडिङ क्लबलाई ४–३ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा मासोन माउन्टले दुई गोल गरे । त्यस्तै, रोस बार्कली र केनेडीले समान १–१ गोल गरे । यता, रिडिङको लागि भने जोस बरेट, मिचेल मोरिसन र साम बालडोकले गोल गरे ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दा रिडिङले पनि दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । तर चेल्सीलाई रोक्न भने सकेन ।

त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा आर्सनल लियोनसँग २–१ गोलअन्तरले पराजित भएको छ । पहिलो हाफमै पिइरे इमेरिक अउबमेयाङको गोलबाट अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो ।

लियोनका लागि मौसा डेम्बेलेले दुवै गोल गरे ।



source https://www.onlinekhabar.com/2019/07/784103

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More