Friday, 26 July 2019

भरुवा बन्दुकसहित दुई जना पक्राउ

११ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

कानेपोखरी गाउँपालिका-५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका-४ का ४४ वर्षीय शम्भु गहत पक्राउ परेका हुन् । उनीहरुको साथबाट भरुवा बन्दुक बरामद भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा उनीहरुलाई फेला पारेको थियाे ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ ।



source https://www.onlinekhabar.com/2019/07/783784

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More