Sunday 28 July 2019

स्वदेश फर्किंदै नेपाली क्रिकेट टोली

१३ साउन, काठमाडौं । टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएर नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ ।

विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली क्रिकेट टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको हो । मलेसियन एयरलाइन्सबाट टिम नेपाल स्वदेश फर्किदै छ ।

आफ्नो अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो । प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्‍यो ।

नेपाली टिम स्वदेश फर्किंदा चर्चित दुई अनुहार भने टिममा हुने छैनन् । सन्दीप लामिछाने र सोमपाल कामी भने क्यानाडा ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता खेल्न आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् ।



source https://www.onlinekhabar.com/2019/07/784112

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More