Saturday 27 July 2019

सिंगापुरसँग हारेपछि पारसको प्रतिक्रिया : आज हाम्रो दिन थिएन

१२ साउन, काठमाडौं । सिंगापुरसँग फराकिलो हारसँगै टी-२० विश्वकप खेल्ने सपना बीचमा नै टुटेपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका छन्, ‘आज हाम्रो दिन थिएन ।’

टी-२० विश्वकपको एसिया फाइनलमा नेपाल सिंगापुरसँग ८२ रनले हारेको छ ।

खेलपछि कप्तान पारसले सिंगापुरले राम्रो ब्याटिङ गरेको बताए । यद्यपि टी-२० विश्वकप वा ग्लोबल छनोट खेल्ने सपना खेख्ने टिमले १९२ रनको लक्ष्य भेट्टाउनुपर्ने भन्दै उनले भने, ‘हामीले राम्रो खेलेनौं । उनीहरुले राम्रो गरे ।’

उनले अघि भने, ‘आज हाम्रो दिन थिएन ।’

सिंगापुरलाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा उनले एशोसिएट टिमका लागि एक दिन निराशा र अर्को दिन खुसी आउने भन्दै निरन्तरता राम्रो क्रिकेट खेल्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस कतै पनि सिंगापुर भेट्न सकेनौं : सन्दीप

source https://www.onlinekhabar.com/2019/07/783920

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More