Monday 29 July 2019

ग्लोबल आईएमई बैंकले कमायो २ अर्ब ७९ करोड

१४ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले एक वर्षमा २ अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आईएमईले २ अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिएको हो ।

आर्थिक वर्ष ०७४/७५ मा यो बैंकले २ अर्ब १० करोड १३ लाख ६३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा ग्लोबल आईएमई बैंकले ३३ प्रतिशतले मुनाफा बढाएको हो ।

बैंकको अन्य सूचकहरुको अवस्था पनि राम्रो देखिएको छ । बैंकले खुद ब्याज आम्दानी, प्रतिसेयर आम्दानी, निक्षेप संकलन तथा कर्जा लगानीमा समेत राम्रो सुधार गरेको छ ।

 

 



source https://www.onlinekhabar.com/2019/07/784368

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More