Saturday 27 July 2019

प्रदेश ५ का निजी शिक्षण संस्थामा विप्लव समूहको कालो ब्यानर

१२ साउन, बुटवल । विप्लव समूहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रदेश ५ का करिब आधा दर्जन शिक्षण संस्थाहरुमा एकसाथ कालो ब्यानर राखेका छन् ।

रुपन्देही, नवलपुर, अर्घाखाँचीका कलेज तथा विद्यालयहरुमा एकसाथ कालो ब्यानर टाँगिएको हो । स्कुल तथा कलेज सञ्चालकको फोटोयुक्त कालो ब्यानरमा ‘सामाजिक बहिस्कार गरौं’ लेखिएको छ ।

निजी स्कुल र कलेजहरुले चर्काे शुल्क लिएको, जनप्रतिनिधिले निजी स्कुल चलाएको र छात्रवृत्तीमा अनियमितता गरेकाले कालो ब्यानर राखेको अखिल (क्रान्तिकारी) का नेता वीरेन्द्र विकले बताए ।

रुपन्देहीको देवदहस्थित सगरमाथा अंग्रेजी बोर्डिङ स्कुल, बुटवलको सञ्जीवनी नर्सिङ कलेज, तिलोत्तमाको नमस्ते एकेडेमी, सैनामैनाको न्यू एकेडेमी, सिद्धार्थ मेडिकल कलेज, गैंडाकोटको मुकुन्दसेन इंग्लिस बोर्डिङ स्कुल, गैंडाकोटकै अक्सफोर्ड इन्जिनियरिङ कलेज र देवचुलीको सेन्ट जोसेफ इंग्लिस बोर्डिङ स्कुलमा कालो ब्यानर राखिएको छ ।

त्यसैगरी, अर्घाखाँची माध्यमिक बोर्डिङ स्कुल सन्धिखर्कमा पनि कालो ब्यानर टाँगिएको छ ।



source https://www.onlinekhabar.com/2019/07/783916

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More