Thursday, 22 August 2019

२ लाख ५० हजार अवैध भारुसहित भारतीय पक्राउ

६ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट २ लाख ५० हजार अवैध भारु सहित भारतीय नागरिक पक्राउ गरेको छ ।

भारत विहार वैशाली थाना लालगञ्ज पोष्ट खन्जाहा चौक बस्ने ३६ वर्षीय मिथिलेस कुमारलाई प्रहरीले बिहीबार अवैध भाररुसहित पक्राउ गरेको हो ।

वीरगञ्ज–१६ ईनर्वा, शंकराचार्य गेट स्थित नेपालबाट भारततर्फ पैदल जाँदै गरेका मिथिलेसको साथबाट भारतीय रुपैया २ लाख ५० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/08/790271

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More