Thursday, 15 August 2019

हेटौंडामा बस पल्टियो, १ को मृत्यु, १५ घाइते

३१ साउन, हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर बिजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

दुर्घटनामा अन्य १५ यात्रु घाइते भएका छन् । उनीहरूको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



source https://www.onlinekhabar.com/2019/08/788352

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More