Wednesday, 21 August 2019

सोलुखुम्बुमा ४ रेक्टरको भूकम्प

५ भदौ, काठमाडौं । सोलुखुम्बु केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको गोली आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ०७ः०७ मा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रका अनुसार, यो परकम्प नभएर नयाँ भूकम्प हो ।

यसअघि साउन २९ गते दोलखा केन्द्रविन्दु भएर ४.३ र २४ साउनमा म्याग्दी केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प गएको थियो ।



source https://www.onlinekhabar.com/2019/08/789924

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More