Sunday, 11 August 2019

साउनको अन्तिम सोमबारमा प्रदोष व्रतको संयोग

२७ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, त्यसैले काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा व्रतालुहरुको घुइँचो छ ।

भगवान शिवको कृपा पाउनका लागि साउनको सोमबार सबैभन्दा शुभ मानिन्छ । त्यसैले साउन महिनाको हरेक सोमबार खासगरी महिलाहरु र बोलबम तिर्थालुहरु व्रत बसेर शिवको पूजा आराधना गर्दछन् ।

ज्येष्ठा नक्षत्रमा भगवान शिवको पूजा गरेमा लाभ मिल्ने धार्मिक विश्वास छ । त्यसैले भन्ने गरिन्छ, धन र सन्तानको इच्छा भएकाहरुले यस दिन भगवान शिवलाई दूध र जल चढाएर पूजा गर्न नबिर्सनू ।

यो पनि पढ्नुहोस आराध्यदेव शिवबाट के सिक्ने ?

साउन महिनाको अन्तिम सोमबारको महत्व प्रदोष व्रत भएकाले पनि बढेको छ । हरेक महिनाको त्रयोदशी तिथिको दिन प्रदोष व्रत गरिन्छ । शास्त्रका अनुसार प्रदोष व्रत बसेमा दुई गाई दान गरे बराबरको पुण्य प्राप्त मिल्छ ।

प्रदोष व्रतलाई लिएर पुराणमा भनिएको छ, एक दिन जब चारैतर्फ अधर्मको स्थिति हुने छ, अन्याय र अत्याचार बढ्ने छ, मानिसमा स्वार्थभाव अधिक हुने छ, व्यक्ति सत्कर्मको सट्टा नीच कार्यमा संलग्न हुने छ, त्यो समयमा जुन व्यक्तिले त्रयोदशीको व्रत बसेर शिवको आराधना गर्ने छ, त्यो व्यक्तिमा शिवको कृपा हुने छ । यस व्रत गर्ने व्यक्ति जन्म-जन्मान्तरको घेराबाट निस्किएर मोक्ष मार्गमा अघि बढ्ने छ ।



source https://www.onlinekhabar.com/2019/08/787373

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More