Monday, 26 August 2019

नेकपाको केन्द्रीय समितिमा ४ जना थपिए

९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।

पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राईद्वय विप्लव समूहबाट नेकपा प्रवेश गरेका हुन् ।



source https://www.onlinekhabar.com/2019/08/791034

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More