Saturday, 17 August 2019

स्वयम्भूमा प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा

१ भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् ।

नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् ।

स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो ।

‘महिलाले भनेअनुसार सामान्य विषयमा विवाद हुँदा उनले मर्छु भन्दै पासो बेरेका थिए’, अनुसन्धान अधिकृत भन्छन्, ‘एक पटक त्यसो नगर्न भन्दाभन्दै मुक्का हानेर लडाएको उनले बताएकी छन् ।’

मुक्का प्रहारबाट आफू लडेको बताउँदै प्रहरीसँग महिलाले भनेकी छन्, ‘लडेपछि एकछिन भुइँमै झपक्क भएँ । उठेर हेर्दा झुण्डिएको देखेँ ।’

लगत्तै, झ्यालमा झुण्डिएका ठगुन्नाको सलको पासो खोलेको उनले बयान दिएकी छन् । प्रहरीका अनुसार, उनीहरु डेढ वर्षदेखि सँगै बसेका थिए ।

जवान ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन् । उनको श्रीमानको मृत्यु भइसकेको छ ।



source https://www.onlinekhabar.com/2019/08/788722

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More