Tuesday, 13 August 2019

ट्रकले ठक्कर दिँदा नवलपरासीमा पुल भासियो, राजमार्ग अवरुद्ध

२९ साउन, नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो ।ट्रकले बायाँ  साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् ।

प्रहरी निरीक्षक अधिकारीले पुलमा रहेको ट्रक हटाएर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए । त्यसका लागि सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको उनले बताए ।



source https://www.onlinekhabar.com/2019/08/787900

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More