Wednesday, 14 August 2019

घरमै पुगेर बाँडियो लालपूर्जा

३० साउन, बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा करिब पाँचसय जनालाई लालपुर्जा वितरण गरेको छ । साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा ब्लकका घर बनाएकालाई लालपुर्जा वितरण गरिएको हो ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेबी आचार्य र कार्यपालिका सदस्य समेतको टोलीले मोतिपुरका ज्येष्ठ नागरिक जगन्नाथ ढकाल र उनका दुई भाइलाई लालपुर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरे । सेमलार, मोतिपुर, रानिगञ्ज, पोखराबारी तथा मनोहरापुर क्षेत्रमा गरी चार सय बढीलाई लालपुर्जा वितरण गरिएको छ ।

ज्येष्ठ नागरिक हरिप्रसाद ढकालले जति नै जग्गा भए पनि स्वामित्व पाउन नसक्दा निराशा लाग्ने अवस्थाको अब अन्त्य भएको बताए ।

२०२७ सालमा पाउनुपर्ने लालपुर्जा अहिलेसम्म नपाएकाले समस्या समाधानका लागि अहिले सरकारले घरमै पुगेर लालपुर्जा वितरण प्रकृया अगाडि बढाएको बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले बताए ।



source https://www.onlinekhabar.com/2019/08/788139

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More