Sunday, 18 August 2019

चितवनको राष्ट्रिय वाणिज्य बैंक र लायन्स भवनमा आगलागी

२ भदौ, चितवन । चितवनको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ । बैंकमा सोमबार बिहान र लायन्स भवनमा गएराति आगो लागेको हो ।

चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा बिहान आगलागी भएको हो । बैकको पहिलो तलाबाट सुरु भएको थियो । आगलागी भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरेको छ ।

बैकका म्यानेजर इन्द्रमोहन न्यौपानेले आगलागीको कारण र क्षतिको यकिन विवरण नखुलेको जानकारी दिए ।

लायन्स भवनमा पनि आगलागी

त्यस्तै, चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा पनि आगलागी भएको छ ।

गएराति भएको आगलागीबाट भुइँतलामा रहेको मोबाइल पसल जलेको प्रहरीले जनाएको छ ।

आगो भरतपुर महानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।



source https://www.onlinekhabar.com/2019/08/788981

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More