Monday, 19 August 2019

किन बाहिरियो शिल्पा र छविको बिहेको फोटो ?

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले वि.सं २०७३ साल असारको २९ गते बिहे गरेका थिए । काठमाण्डौको एक रिसोर्टमा थोरै मात्र पाहुनाको उपस्थितीमा उनीहरुले बिहे गरेका थिए । बिहे भएको ३ बर्षपछि छवि र शिल्पाको सम्बन्ध डिभोर्सको अवस्थामा पुगेको छ । डिभोर्सको मुद्दा अदालतमा पुगेको अवस्थामा दुबैलाई बहुबिबाहको मुद्दा समेत लागेको छ ।

यसैविच, आइतबार मात्र शिल्पालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । शिल्पा र छविलाई बहुबिबाहको मुद्दा लागिरहेको समयमा ३ बर्ष अगाडिको उनीहरुको बिहेको तस्वीर बाहिरिएको छ । यो तस्वीर शिल्पाले दाई बनाएकी फोटोग्राफर विकास रौनियारसँग मात्र थियो । उनीहरुले नै संचालन गरिरहेको अनलाइन पोर्टलबाट यो तस्वीर सार्वजनिक गरिएको हो ।

बिहेमा थोरै आफन्तको मात्र उपस्थिती थियो । सो समयमा छविको हात समेत भाँचिएको थियो । छवि र शिल्पालाई बहुबिबाहको मुद्दा लागिरहेको समयमा यो तस्वीर सार्वजनिक गरेर शिल्पाको पक्षमा प्रमाण बलियो बनाउन खोजिएको हुनसक्छ ।



source https://www.onlinekhabar.com/2019/08/789208

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More