Saturday, 24 August 2019

गुल्मीका पहिरो पीडितलाई एनआरएनए युगान्डाको सहयोग

कम्पाला, युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले गत महिना बाढी पहिरोबाट प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका पीडितलाई एक हजार अमेरिकी डलर सहयोग गरेको छ ।

गाउँपालिकामार्फत एक हजार अमेरिकी डलर नगद सहयोग एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौंबाट हस्तान्तरण हुने गरी शनिबार पठाइएको हो ।

एनआरएनए युगान्डाका नवनिर्वाचित अध्यक्ष बिनोद थापाले बिपत्तिमा परेका विपन्न परिवारलाई गाउँपालिका मार्फत उक्त रकम सहयोग बाँडिने जानकारी दिए ।

संघका अन्तर्राष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै उक्त रकम सत्यवती गाउँपालिकामा यथाशीघ्र पठाउने बताए ।



source https://www.onlinekhabar.com/2019/08/790546

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More