Saturday, 10 August 2019

दाङको बंगलाचुली गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

२६ साउन, घोराही । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा शनिबार मध्यराति आगजनी भएको र आगोमा जलेर गाडी पूर्णरुपमा क्षति भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । आगो कसले र किन लगाएको हो भन्ने खुल्न नसकेको उनले बताए ।

बंगलाचुली रोल्पा जिल्लासँग सिमाना जोडिएको दाङको पहाडी क्षेत्र हो ।



source https://www.onlinekhabar.com/2019/08/787095

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More