Tuesday, 13 August 2019

पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गर्ने थापा पक्राउ

२९ साउन, काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् । उनले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेका थिए ।

उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटेलगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
उनीसँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



source https://www.onlinekhabar.com/2019/08/787911

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More