Friday, 23 August 2019

मानवअधिकार आयोगको टोली दक्षिण अफ्रिकातर्फ

७ भदौ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि त्यसतर्फ गएको छ ।

आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदीप पाठक तथा सचिव वेद भट्टराईसहितको पाँच सदस्यीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रणामा त्यहाँका मानवअधिकारको अवस्था अध्ययन तथा अनुभव आदान–प्रदानका लागि शुक्रबार गएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए ।

उनका अनुसार टोलीले दक्षिण अफ्रिकाको मानवअधिकार आयोगबाट मानवअधिकार संरक्षण र संवर्द्धनको क्षेत्रमा हुँदै आएका विभिन्न कार्य, उजुरी ग्रहण, अध्ययन अनुसन्धान प्रक्रिया सम्बन्धमा छलफल तथा जानकारी लिनेछ ।

सोही अवसरमा त्यहाँ रहँदा टोलीले सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन, कार्य प्रक्रिया, सिफारिश तथा कार्यान्वयन सम्बन्धमा तत्कालीन पदाधिकारी, नागरिक समाजलगायत अन्यसँग भेटघाट छलफल तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।



source https://www.onlinekhabar.com/2019/08/790529

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More