Wednesday, 14 August 2019

ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

२९ साउन, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो ।

महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए ।

उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘घटनास्थल वरपर बोराहरु देखिएकाले त्यहीँ बस्ने व्यक्ति हुनसक्ने देखिएको छ । हामी पहिचान खुलाउने कोसिस गरिरहेका छौं ।’



source https://www.onlinekhabar.com/2019/08/787930

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More