Thursday, 22 August 2019

चन्द समूहका कास्की जिल्‍ला इन्चार्ज पक्राउ   

६ भदौ,  कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई शुक्रबार बिहान  ८: ०० बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ । पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकसमेत गत महिना पक्राउ परिसकेका छन् ।



source https://www.onlinekhabar.com/2019/08/790334

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More