Saturday, 17 August 2019

राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न सकेनः पूर्वमुख्य सचिव कोइराला

३२ साउन, काठमाडौं । पूर्वमुख्य सचिव बिमल कोइरालाले राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएका छन् ।

संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले शनिबार धुलिखेलमा गरेको कार्यक्रममा उनले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताए ।

भ्रष्टाचार न्युनीकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै उनले राज्यसत्ताले कर्मचारीलाई राम्रोसँग परिचालन गर्न नसकेको बताए ।कोइरालाले भने, “सुधार माथि बाटै गर्नुपर्छ । टाउकोबाटै नुहाउनुपर्छ । खुट्टा मात्रै पखालेर हुँदैन ।”

राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको उनले कर्मचारीलाई सही ढंगले परिचालन गर्न राजनीतिक इच्छाशक्ति हुनुपर्ने बताए । संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उनको भनाइ थियो । प्रदेशलाई अधिकार नदिनुलाई उनले “संघीय सरकारको हिनताबोध र लघुताबोध” भएको टिप्पणी गरे ।



source https://www.onlinekhabar.com/2019/08/788634

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More