Monday, 19 August 2019

तिलोत्तमाको कान्छीबजारमा आगलागी, लाखौंको क्षति

३ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारको एक पसलमा आगलागी भएको छ । स्थानीय गोपाल अर्यालको थोक किराना पसलमा गएराति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट करिब ८० लाख रुपैयाँको क्षति भएको अनुमान छ ।

पसल बन्द गरेर घरमा गएको अवस्थामा भएको आगलागीबाट पसलमा राखिएका दैनिक उपभोग्यलगायतका सामान जलेर नष्ट भएका छन् ।

तिलोत्तमा, बुटवल र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले बताए ।



source https://www.onlinekhabar.com/2019/08/789232

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More