Sunday, 11 August 2019

बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

२७ साउन, काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।

उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

‘पुरानो चिनजानको मान्छे, आउने–जाने भइरहेकाले बालिकाको अभिभावकले पनि धेरै विश्वास गर्दा रहेछन्’, काठमाडौं प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले भने, ‘तर, चिनजानको मान्छे हो, छिमेकी हो भनेर सबैलाई विश्वास गर्न नहुँदो रहेछ ।’



source https://www.onlinekhabar.com/2019/08/787418

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More