Thursday, 22 August 2019

विप्लवका नवलपरासी जनसरकार प्रमुख समातिए

६ भदौ, नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै  विहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान थालिएको उनले बताए ।

पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।

विप्लव समूहका जिल्ला इञ्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् । पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका छन् ।



source https://www.onlinekhabar.com/2019/08/790278

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More