Saturday, 17 August 2019

करेन्ट लागेर चितवनमा १ जनाको मृत्यु

१ भदौ, चितवन । भरतपुर महानगरपालिका–११, अमनचोकमा शनिबार साँझ करेन्ट लागेर १ जनाको ज्यान गएको छ ।

पर्सा पोखरीया नगरपालिका–३ स्थायी घर भएका ३१ वर्षीय अनरजित मुखियाको करेन्ट लागेर ज्यान गएको हाे ।

प्रहरीका अनुसार पानी तान्ने मोटरबाट चुहिएको करेन्ट लागेर मुखिया घाइते भएका थिए । घाइते उनलाई भरतपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो ।

उनी भरतपुरमा मजदुरी गर्दै आइरहेका थिए । मुखियाको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।



source https://www.onlinekhabar.com/2019/08/788679

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More