Thursday, 15 August 2019

विस्फोट स्थल पुगेर ढकाल परिवारलाई मुख्यमन्त्रीले भेटे, दोषीमाथि कारबाही गर्न निर्देशन

३१ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल निवासमा बम विस्फोट गराउने समूहको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका छन् ।

बम विस्फोटको केही घण्टापछि सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने,  कांग्रेस सचेतक निर्मला क्षेत्री, सांसद् कमला विश्वकर्मा, प्रजिअ अर्जुनप्रसाद पोखरेलसहित घटनास्थल पुगेका मुख्यमन्त्री पोखरेलले घटना गम्भीर प्रकृतिको भएकाले सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरे ।

उनले ढकालका बाबु–आमालगायत परिवारका सदस्यलाई भेट्दै  विचलित नहुन आग्रह गरे । सुरक्षाका लागि आवश्यक परे सुरक्षाकर्मी परिचालन गर्ने आश्वासन पनि उनले परिवारका सदस्यलाई दिए ।

विस्फोटपछि ढकाल परिवार त्रस्त बनेका छन् ।

कानुनमन्त्री कुलप्रसाद केसीले आपराधिक गतिविधि सैह्य नभएको भन्दै घटनामा संलग्नको खोजी गरी कानूनी दायरामा ल्याई छाड्ने प्रतिबद्धता जनाए ।

गएराति ढकाल घरमा नभएका बेला विस्फोट भएको थियो । अज्ञात समूहले सचेतक ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको गाडीमा बम प्रहार गरेका थिए । बम प्रहारबाट गाडीको पछिल्लो भागमा क्षति पुगे पनि कोठामा प्रहार गरिएको बम विस्फोट नहुँदा अप्रिय घटना हुनबाट जोगिएको थियो ।



source https://www.onlinekhabar.com/2019/08/788356

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More