Monday, 19 August 2019

फेरि घाइते भए डेम्बेले

३ भदौ, काठमाडौं । उस्मान डेम्बेले फेरि घाइते भएका छन् । उनी पाँच साता मैदान बाहिर रहनेछन् ।

ला लिगाको पहिलो खेलमा बार्सिलोनाले एथ्लेटिको विल्बाओसँग हार्दा डेम्बेलेको घुँडामा चोट लागेको थियो ।

२०१७ मा बार्सिलोनामा आएपछि उनी छैटौंपटक घाइते भएका हुन् । उनले अहिलेसम्म २२८ दिन चोटमा बिताएका छन् । क्लबमा आबद्ध भएलगतै पनि उनी चोटका कारण १०० दिन मैदान बाहिर भएका थिए ।



source https://www.onlinekhabar.com/2019/08/789250

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More