Sunday, 1 September 2019

प्रभु मनि ट्रान्सफरबाट रकम प्राप्त गर्ने ग्राहकलाई सिजीको सामान खरिदमा विशेष छुट

संसारभरबाट रकम पठाउने र प्राप्त गर्ने रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्रबाट पठाएको रकम प्राप्त गर्ने ग्राहकले सिजीका ब्राण्डका सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्ने भएका छन्।

प्रभु मनि ट्रान्सफरले सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोद्रेज, टिसीएल  का सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था रहेको  जनाएको छ । यसबाट नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनीको दाबी रहेको छ। ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले यो व्यवस्था ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी इलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजिटल तथा एलजी लाईफस्टाइल सपबाट टिभी, फ्रिज, वासिङ्ग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र लागुहुनेछ ।



source https://www.onlinekhabar.com/2019/09/792914

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More