Sunday, 1 September 2019

सानिमा बैंकको शाखा कैलालीको बौनियाँमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले कैलालीको बौनियाँमा नयाँ शाखा खोलेर सेवा सुरु गरेको छ । यससँगै सानिमा बैंकका ७९ वटा शाखा र ७५ एटीएम बुथ पुगेका छन् ।

आइतबार बौनियाँ शाखा कार्यालयको उदघाटन सानिमा बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र सञ्चालक भरतकुमार पोखरेलले संयुक्त रुपमा गरे ।

समुदघाटन समारोहमा सानिमा बैंकका सञ्चालक पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

समुदघाटन समारोहमा ब्रान्ड प्रवर्द्धक हरिवंश आचार्यले बौनियाँमा सानिमा बैंक सन्चालनमा आएकोमा बौनियाँवासीलाई बधाई दिए । साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

२०७६ असार मसान्तसम्म सानिमा बैंकको पुँजीकोष १३.११ प्रतिशत र निष्कृय कर्जा ०.०८ प्रतिशत रहेको बैंकका प्रमुख निक्षेप व्यवस्थापन-रिटेल विमल वास्तोलाले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2019/09/792897

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More