१४ असोज, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
राजविराज नगरपालिका–४ का ती युवकको उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको थियो । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो । असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो ।
प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले दिएको जानकारी अनुसार ती युवकमा उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहको समस्या थियो । उनी मिर्गौला रोगबाट पनि पीडित भएको र डाइलायसिस पनि गराउने गरेको डा. सापकोटाले जानकारी दिए ।
यो पनि पढ्नुहोस कोरोनाबाट ८ जनाको मृत्यु, संक्रिय संक्रमितको संख्या २० हजार नाघ्योsource https://www.onlinekhabar.com/2020/09/899966
0 comments:
Post a Comment