११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
नेकपाका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता जारी रहेको जानकारी दिए ।
भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ । तर, कुन–कुन विषयमा छलफल भयो भन्ने प्रचण्डको सचिवालयले खुलाएन ।
मन्त्रिपरिषद पुनर्गठनको चर्चा चल्नु, यही चर्चाको बीच आजै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक आह्वान गर्नु र मन्त्रिपरिषद बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यो पनि पढ्नुहोस प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठकsource https://www.onlinekhabar.com/2020/09/899273
0 comments:
Post a Comment