Saturday 26 September 2020

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार नाघ्यो

११ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ९४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण एक हजार १२४ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ५९ लाख ९२ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८८ हजार ६ सय नयाँ संक्रमित थपिएका हुन् । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेको मुलुक हो । अमेरिकामा अहिलेसम्म ७० लाख ७८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अहिलेसम्म कोरोनाको कारण अमेरिकामा दुई लाखभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ४१ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा ४९ लाख ४१ हजार ६२८ संक्रमित निको भइसकेका छन् भने नौ लाख ५६ हजार ४०२ संक्रमित निको हुन बाँकी छन् ।



source https://www.onlinekhabar.com/2020/09/899287

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More