१५ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।
उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।
यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमितको ज्यान गयो यो पनि पढ्नुहोस कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो यो पनि पढ्नुहोस कोभिड–१९ : उपत्यकाको वास्तविक अवस्था के ?source https://www.onlinekhabar.com/2020/10/900192
0 comments:
Post a Comment