Sunday 27 September 2020

झापाका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

११ असोज, विराटगनर । झापाका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु भएको छ । कनकाई नगरपालिका– ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति नै विराटनगर ल्याइएको थियो । राति १०ः४५ बजे अस्पताल ल्याइपु¥याए पनि उनको तत्कालै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

शरीर कमजोर हुने, ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो ।

झापामा उपचाररत रहँदा अवस्था थप गम्भीर बन्दै गएपछि शनिबार राति विराटनगर ल्याइएको थियो । तर उपचार केन्द्रमा भर्ना गर्नु अगाडि नै उनको मृत्यु भएको थियो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।



source https://www.onlinekhabar.com/2020/09/899288

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More