Sunday 27 September 2020

कोरोना संक्रमणबाट बाँकेमा मेडिकल कलेजका एक कर्मचारीको मृत्यु

११ असोज, काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रशासनिक फाँटमा कार्यरत कर्मचारी समेत रहेको अस्पतालले जनाएको छ ।

प्लाज्मा थेरापी विधिका साथै रेमडिसिभर समेत प्रयोग गरी उपचार गरिएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

कोभिड संक्रमणको आशंकामा भदौ २९ गते उनको स्वाब संकलन गरिएकोमा भदौ ३१ गते संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनलाई सोही दिन राति ८ः२५ बजे अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।

उनी दुवैतर्फको फोक्सोमा निमोनिया हुनुका साथै मधुमेह लगायतका स्वास्थ्य समस्था रहेको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।



source https://www.onlinekhabar.com/2020/09/899293

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More