१२ असोज, चितवन । चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।
चितवनको माडि नगरपालिका–१ गर्दिस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका वडानं. ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा बीओपी स्थापना गरिएका हुन् ।
मर्ज भएपछि खालि रहेका विद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दीपक कुमार थापाले जानकारी दिए ।
असोज ११ गते सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बीओपी उदघाटन गरेका हुन् । दुवै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको छ ।
बीओपी स्थापनासँगै चितवनको सीमा क्षेत्रमा स्थानीयले सुरक्षित महसुस गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
source https://www.onlinekhabar.com/2020/09/899505
0 comments:
Post a Comment